डा-राजु-अधिकारी-गैरआवासीय-नेपाली-विज्ञान-तथा-प्रविधि-पुरष्कारद्वारा-सम्मानित-–-nrna

डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित – NRNA

डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित हार्दिक बधाई ! डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक, डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित हुनुभएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा स्थापित सो पुरष्कारबाट सम्मानित हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली हुनुहुन्छ । नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गर्नुभएको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट ग्रहण गर्नुभयो । स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप,ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई योगदान पुर्याउनु भएका डा अधिकारी सो पुरस्कारबाट सम्मानित हुनुभएको हो ।स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, इीभ्म् खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नविन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नविन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायतका संस्था मार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिस्ठान र अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा को मुख्य योगदान रहेको छ । दाङको देउखुरी मुसुरियाका डाक्टर अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र RMIT विश्वविद्यालय प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत हुनुहुन्छ। डा अधिकारीका २६ ओटा पेटेन्टहरु दर्ता छन् । एक सय भन्दा बढी अनुसन्धानात्मक सामाग्री प्रकाशित छन् ।उहाँले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ। उहाँले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (नाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुख को रुपमा पनि काम गर्नुभएको थियो । गैरआवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले सीप, ज्ञान तथा नव प्रवर्तन (SKI) कमिटि गठन भएको थियो।

डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित – NRNA Read More »

जाजरकोटको-रिम्ना-गाउँपालिकामा-एनआरएनएको-स्वास्थ्य-शिविर-–-nrna

जाजरकोटको रिम्ना गाउँपालिकामा एनआरएनएको स्वास्थ्य शिविर – NRNA

जाजरकोटको रिम्ना गाउँपालिकामा एनआरएनएको स्वास्थ्य शिविर काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर संचालन गरेको छ । एनआरएनएअन्तरर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिवार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएको समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार शिविरमा भूकम्पपीडितहरूलाई हुनसक्ने सम्भावित रोगबाट बच्नको लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था, औषधि वितरण र मानसिक स्वास्थ्य परामर्श दिइएको थियो । सो शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली काठमाण्डौं देखि जाजरकोट पुगेको थियो । टोलीमा डा. भूपेन्द्र प्रकाश मल्ल, डा. नन्द आचार्य, डा समीक्षा मल्ल लगायतको सहभागिता रहेको थियो । स्वास्थ्य शिविरमा आएका भूकम्प पीडितमा प्रमुख रुपमा श्वासप्रश्वास, चोटपटक र मानसिक रोगलगायतका स्वास्थ्य सम्बन्धी समस्याहरु देखिएका थिए । एनआरएन स्वास्थ्य शिविरका प्रमुख डा मल्लले समयमै व्यवस्थापन गर्न नसके श्वासप्रश्वास र पानीजन्य रोगको प्रकोप हुने सम्भावना रहेको जानकारी दिए । मानसिक स्वास्थ्यविज्ञ नन्द आचार्यले भूकम्प पीडितमा मानसिक स्वास्थ्य समस्याहरु जस्तै बरबराउने, डराउने, मुर्छा पर्ने, अत्तालिने, डिप्रेसन, निद्रा नलाग्ने, मदिराजन्य पिय पदार्थमा लत बस्न सक्ने खतरा औलाएका छन् । यसअघि स्वास्थ्य समितिले भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै स्वास्थ्य सेवा हटलाइनक संचालनमा ल्याएको थियो । स्वास्थ्य समितिले भूकम्प पीडितलाई समयमा राहात, उद्धार तथा स्वास्थ्य उपचार गर्न नसके चिसो बढ्दै गएका कारणले निमोनिया, रुघाखोकीको प्रकोपको थप जोखिम रहेको जनाएको छ । शिविरमा खटिएका स्वास्थ्य विज्ञहरुले सो क्षेत्रमा रहेकागर्भवती तथा सुत्केरी महिला जोखिममा रहेको जनाएको छ। भूकम्पका कारणले घर भत्काउँदा तथा अन्य कारणले गर्भवती तथा सुत्केरी महिला जोखिममा परेका हुन्। भूकम्प प्रभावित क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला र वालवालिकाहरुको स्वास्थ्यमा ध्यान दिन र उनीहरुको उद्धारको लागि सहजीकरण गर्न आवश्यक रहेको संघले जनाएको छ । यसअघि एनआरएनए अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोट र रुकुम पश्चिम पुगेको संघको टोलीले भूकम्प पीडितको लागि राहत वितरण गरेको थियो । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति १२ नोभेम्बर २०२३

जाजरकोटको रिम्ना गाउँपालिकामा एनआरएनएको स्वास्थ्य शिविर – NRNA Read More »

भूकम्प-प्रभावित-क्षेत्रमा-स्वास्थ्य-संकट-निम्तने-सक्ने-जोखिम-:-एनआरएनए-–-nrna

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने सक्ने जोखिम : एनआरएनए – NRNA

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने सक्ने जोखिम : एनआरएनए भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने सक्ने जोखिम : एनआरएनए  गत कार्तिक १७ गते शुक्रवार राती जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा गएको  भूकम्पपछि स्वास्थ्य संकट निम्तने सक्ने अवस्थातर्फ तत्काल ध्यानदिनुपर्ने देखिएको छ । गैरआवासीय नेपाली संघको तर्फबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको स्थलगत भ्रमण तथा राहत वितरण गरेर फर्किएको संघको चिकित्सकसहितको टोलीले सो क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्याउन नसके  स्वास्थ्य संकट चुलिनसक्नेतर्फ ध्यानाकर्षण गराएको हो ।   संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधवार आयोजना गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खटिएका संघका अभियन्ताहरुले बोल्दै करिब १८ हजार घर बस्नै नहुने गरी भत्किएको  र महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले राहत विस्तारै पुगे पनि  चिसोको  समयमा खुल्ला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाहरुको स्वास्थ्य जोखिम बढ्ने देखिएको बताउनुभयो ।  उहाँले भन्नुभयो,  “पिउने पानीको समस्या छ । भूकम्पको कारणले मानसिक त्रास छ । गाउँमा सामूहिक दाहसंस्कार गरिएको छ । घर–घरमा क्रियापुत्री छन् । एउटै घरमा विरामी छन् त्यही घरमा मान्छेहरु दुःखमा छन् ।  त्यहाँको अवस्था शब्दमा व्यक्त गर्न सकिन्न ।” अध्यक्ष  डा. केसीले हाल त्यहाँ पुगेकोे राहतका सामग्रीहरु पर्याप्त नरहेको बताउँदै राहत सामग्री व्यवस्थित ढंगले पुर्याउनुपर्नेमा स्थानीय सरकार तथा दाताहरु समेतले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,  पीडितको  आवश्यकता धेरै छ तर राहत कम पुगेको छ । उहाँले विदेशमा रहेका नेपालीहरुको सानो सहयोगले ठूलो राहत मिल्ले भन्दै सहयोगको लागि विश्वभर छरिएका नेपालीहरुलाई अपिल गर्नुभयो । कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले देशमा दुःख परेका बेला विदेशमा रहेका नेपालीहरु एक जुट हुने बेला आएको बताउँदै आफूशक्य सहयोगका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा संघका महासचिव गौरीराज जोशीले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी समस्याहरु आउन सक्ने भन्दै स्वास्थ्य समितिलाई कार्ययोजना बनाउन आग्रह गर्नुभयो । उहाँले प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली संघले आफ्नो सक्रियता बढाईरहेको र आगामी दिनमा अल्पकालिन तथा दीर्घकालीन योजनासहित सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो  । संघका उपाध्यक्ष राज रेग्मीले राहत वितरणमा स्थानीय निकायसँगको समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले भूकम्पबाट घाइते भएकाहरुको औषधि उपचार पहिलो प्रथामिकता रहेको उल्लेख गर्नुभयो  । कार्यक्रममा संघकी महिला उपाध्यक्ष रोजिना प्रधानले भूकम्प प्रभावित क्षेत्रका महिला स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले सञ्चालन गरेको कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खटिएका चिकित्सक भूपेन्द्र मल्लले भूकम्पका कारणले मानिसहरुको स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन समस्या आउन सक्ने खतरा रहेको बताउनुभयो ।  उहाँले वालबालिका, महिला, वृद्धवृद्धाहरुले समयमै औषधि उपचार नपाउने अवस्था रहेको र अहिले गाउँ गाउँमा झाडाबान्ताको महामारी फैलिने जोखिम रहेको बताउनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर संचालन गर्न तयारी भइरहेको बताउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघका कोषाध्यक्ष सुदन थापाले संघले विश्वभरबाट संकलन भएको आर्थिक सहयोगको बारेमा जानकारी दिनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेन्द्रकुमार राउतले संघको सम्पूर्ण बैंक खाता सञ्चालनमा रहेको जानकारी दिँदै गैरआवासीय नेपालीहरुको सहयोग आउनेक्रम जारी रहेको जानकारी दिनुभयो ।  यसअघि गैरआवासीय नेपाली संघ १ करोड रुपैयाँको राहत कोष स्थापना गरी प्रभावित क्षेत्रमा खटिएको थियो । त्यसपूर्व संघले सरकारी राहत कोषमा रु १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने सक्ने जोखिम : एनआरएनए – NRNA Read More »

एनआरएनएद्धारा-जाजरकोट-र-रुकुम-पश्चिममा-राहत-वितरण-–-nrna

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण – NRNA

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघले मंगलबार( कार्तिक २१ गते) राहत सामग्री हस्तान्तरण गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बागान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो । राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले भूकम्पको कारणले सिंगो देश लगायत विदेशमा रहेका नेपालीहरुको मन दुखेको बताउनुभयो । उहाँले विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीहरुको गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याउन पाउँदा सन्तोष मिलेको बताउनु भयो । उहाँले सन् २०१५ मा गएको महाभूकम्पमा समेत गैरआवासीय नेपाली संघले ५ सय भन्दा बढी स्वयं सेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको स्मरण गर्दै जाजरकोट र रुकुम पश्चिमको पुर्नर्निमाणमा समेत विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । यस्तै संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानिय सरकारको समन्वयमा मंगलबार विहान राहत  सामग्री वितरण गरेको छ । सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो । संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैरआवासीय नेपाली संघको तर्फवाट  भूकम्प पीडित घरपरिवारहरुको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी,  १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ ।  यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो । यसअघि संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षमा बसेको आकस्मिक बैठकले न्यूनतम १ करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने घोषणा गर्दै भूकम्प प्रभावित क्षेत्रमा खट्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेको थियो । राहत सामाग्री वितरणको संघका अध्यक्ष डा केसी र महासचिव जोशीसहित उपाध्यक्ष राज रेग्मी,  महिला उपाध्यक्ष  रोजिना प्रधान, उपमहासचिव प्रविन गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्षद्धय कृष्ण तिमल्सीना, अभिमन्यू बस्नेत लगायतको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।  

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण – NRNA Read More »

कार्यकारी-अध्यक्ष-डा-बद्री-केसीको-नेतृत्वमा-प्रमुख-निर्वाचन-आयुक्त-दिनेश-कुमार-थपलियासँग-भेट-–-nrna

कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेट – NRNA

कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेट गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेटघाट भएको छ । निर्वाचनमा आयोगमा भएको भेटमा संघका कार्यकारी अध्यक्ष बद्री केसीले विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा चासो व्यक्त गर्नुभएको थियो । उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको प्रक्रिया सुरु भएको र विदेशमै गएर नामावली संकलनको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैरआवासीय नेपालीसँग पनि सहकार्य र समन्वय गरेर मतदाता नामावली संकलन गर्ने बताउनुभयो । त्यसका लागि गैरआवासीय नेपाली संघले सहकार्य, समन्वय र सहजीकरण गर्नुपर्ने आयुक्त थपलियाले बताउनुभयो । नामावली संकलन लगायतका लागि आवश्यक कानूनसहित केही आन्तरिक तयारी पूरा गरी आयोगले छिट्टै बाँकी काम सुरु गर्ने उहाँको भनाई थियो । सो अवसरमा संघका कार्यकारी अध्यक्ष केसीले संघका विभिन्न देशस्थित राष्ट्रिय समन्वय परिषद् र एनआरएनका प्रतिनिधि तथा अभियन्तामार्फत आयोगको काममा सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । भेटमा आयोगका उपसचिव सूर्यप्रसाद गौतम ,संघका प्रवक्ता सोम सापकोटा र सरोज दाहालको उपस्थिति रहेको थियो ।

कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेट – NRNA Read More »

आठौँ-मध्यपूर्व-क्षेत्रीय-सम्मेलन-बुधबारबाट-ओमनको-मस्कटमा-सुरु,-रक्षामन्त्री-पूर्णबहादुर-खड्काद्वारा-उद्घाटन-–-nrna

आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारबाट ओमनको मस्कटमा सुरु, रक्षामन्त्री पूर्णबहादुर खड्काद्वारा उद्घाटन – NRNA

आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारबाट ओमनको मस्कटमा सुरु, रक्षामन्त्री पूर्णबहादुर खड्काद्वारा उद्घाटन आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारबाट ओमनको मस्कटमा सुरु भएको छ । ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा आयोजित सम्मेलनको माननीय,उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभयो । सम्मेलनको पहिलो दिन आज उद्घाटन सत्रसहित गैरआवासीय नेपाली संघको सांगठनिक एवं राष्ट्रिय समन्वय परिषद्को बारेमा छलफल हुनेछ । यस्तै, दोस्रो र तेस्रो दिन क्रमशः वैदेशिक, रोजगार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा विभिन्न सत्रमा घनीभूत छलफल हुनेछ । मुख्यतया, मध्य पूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुनेछ । यसका साथै, सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेल–जीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ । वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ । विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ । श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रीत छ । सम्मेलनमा पूर्वउपप्रधानमन्त्री एवं संघिय संसदका माननीय सांसद रघुवीर महासेठ,वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, कार्यकारी निर्देशक द्वारिका उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राम चन्द्र ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारी, मन्त्रालयका सल्लाहकार डा आभासकुमार लाभ लगायतको उपस्थिति रहेको छ यस्तै, नेपाली दुतावास, बहराईनका महामहिम राजदुत श्री तिर्थ राज वाग्ले, नेपाली दुतावास, साउदी अरबका महामहिम राजदुत श्री नवराज सुवेदी, नेपाली दुतावास, कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकाल, नेपाली दुतावास, ओमनका महामहिम राजदुत श्री डोरनाथ अर्याल अन्य सरोकारवाला निकायका पदाधिकारी, गैरआवासीय नेपाली संघका अध्यक्ष, पूर्व अध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्य लगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा सञ्चारकर्मी लगायतको सहभागिता सम्मेलनमा रहेको छ । सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार (३० जून, २०२३) सम्पन्न हुनेछ ।

आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारबाट ओमनको मस्कटमा सुरु, रक्षामन्त्री पूर्णबहादुर खड्काद्वारा उद्घाटन – NRNA Read More »

एनआरएनएको-आठौँ-मध्यपूर्व-क्षेत्रीय-सम्मेलन-ओमानमा-हुने-–-nrna

एनआरएनएको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानमा हुने – NRNA

एनआरएनएको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन यही जून महिनाको अन्तिम साता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित जुन २८ देखि ३० तारिखसम्म आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गरिने जानकारी दिइएको हो । गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन हुन लागेको हो । सम्मेलनमा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रूपमा माननीय,उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, विशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारी, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, लगायतको उपस्थिति रहनेछ । मुख्यतया, मध्य पूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुनेछ । सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ । वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ । विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ । श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रीत हुने भएकोले उनीहरुका अभिव्यक्ति, अनुभव र विचार व्यक्त गर्ने अवसर समेत प्रदान गरिनेछ । समग्र युवा तथा महिलाका मुद्दालाई समेत प्राथमिकता दिइने सम्मेलन पूर्ण रुपमा समावेशी हुनेछ । सम्मेलनमा मध्यपूर्वसहित विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहने अनुमान छ ।

एनआरएनएको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानमा हुने – NRNA Read More »

श्रमिकका-सबै-समस्यासँग-अभ्यस्त-छु,-छिट्टै-समाधान-गर्ने-प्रयास-गर्छु-:-श्रम-रोजगार-तथा-सामाजिक-सुरक्षामन्त्री-भण्डारी-–-nrna

श्रमिकका सबै समस्यासँग अभ्यस्त छु, छिट्टै समाधान गर्ने प्रयास गर्छु : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारी – NRNA

श्रमिकका सबै समस्यासँग अभ्यस्त छु, छिट्टै समाधान गर्ने प्रयास गर्छु : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर ओमानमा यही जून २८ देखि ३० तारिखसम्म हुने मध्य पूर्वी क्षेत्रीय सम्मेलनका लागि आमन्त्रण गरेको छ । भेटका क्रममा उपाध्यक्ष, आर के शर्माले मध्यपूर्वका केही देशमा महिला श्रमिकलाई पुनःश्रम स्वीकृतिमा लगाइएको रोक अन्त्य गर्नुका साथै र इराक लगायतका मुलुकमा रोजगारीका लागि जान लगाइएको निषेधलाई पुनरावलोकन गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनुभयो । श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकार र एनआरएनको सहकार्य अहम् हुने भन्दै ओमानमा हुने सम्मेलनबाट यसको बृहत् सुरुवात गरिने जानकारी गराउनुभयो । यस्तै समाजिक सुरक्षा कोषमा कम्तिमा पनि २ प्रतिशत लाभांशको व्यवस्था सरकारको तर्फबाट गर्नसके कोषप्रति श्रमिकको आकर्षण बढ्ने उहाँको भनाई थियो । सो अवसरमा संस्थापक डा उपेन्द्र महतोले लाखौँ श्रमिकको रेमिट्यान्सलाई बैँकिङ् च्यानलबाट ल्याउनसके मुलुकको राजस्वमा ठूलो टेवा पुग्ने धारणा राख्नुभयो । एनआरएनएका प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आफू श्रमिकका सबै समस्यासँग अभ्यस्त रहेको र यही कार्यकालमा ती समस्या सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । श्रमिकका समस्यासँग साक्षात्कार हुँदाहुँदै पनि विविध कारण समाधानमुखी योजना ल्याउन नसकेको स्वीकार्दै उहाँले एनआरएनसँगको सहकार्यमा विदेशमा रहेका श्रमिकको हक अधिकार सुनिश्चित गर्न र सुरक्षित तथा मर्यादित रोजगारीका लागि प्रोत्सहित गर्न सरकारले काम सुरु गरिसकेको उहाँको भनाई थियो । त्यसका लागि गन्तव्य मुलुकका राजदूतसँग पनि आफूले छलफल जारी राखेको मन्त्री भण्डारीको भनाई थियो । नेपालीहरु जहाँ जसरी पुगेपनि उनीलाई ‘देश छ र सरकारले गर्छ’ भन्ने महसुस गराउने गरी रणनीतिक पहल सुरु गरेको उहाँको भनाई थियो । विदेशमा रहेका श्रमिक, उनीहरुको अवस्था र उनीहरुलाई परेका समस्या पहिचान गर्न र सुरक्षित रोजगारका लागि प्रोत्सहित गर्न एकत्रित रुपमा डिजिटल रोजगार केन्द्रको अवधारणा ल्याई काम सुरु गर्न लागेको उहाँले बताउनुभयो । मध्यपूर्वका महिला श्रमिकको समस्या विविध कारण यसअघि रोक लगाइएका श्रम गन्तव्य मुलुकका सम्बन्धमा सरकारले छिट्टै पुनरावलोकन गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाउनुभयो । भेटका क्रममा संस्थापक अध्यक्ष महतोसहित, उपाध्यक्ष शर्मा, संघका सचिव गोविन्द प्रसाद गौतम, गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लाल सिंह, सरोज दाहाल र प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको उपस्थिति रहेको थियो । ६ जुन २०२३

श्रमिकका सबै समस्यासँग अभ्यस्त छु, छिट्टै समाधान गर्ने प्रयास गर्छु : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारी – NRNA Read More »